प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकार प्रेस स्वतन्त्रता विरोधी बनेको आरोप लगाएका छन्।
नेपाल प्रेस युनियन लमजुङ शाखाको छैटौँ जिल्ला अधिवेशनको सोमबार उद्घाटन गर्दै सभापति देउवाले प्रेस जगतको अधिकारमामाथि कम्युनिष्ट सरकारले हस्तक्षप गरेको आरोप लगाउका हुन्।
कांग्रेस नेतृत्वको सरकारले प्रेस स्वतन्त्रताबारे खुलेर लागेपनि अहिलेको सरकारले सूचनासमेत लुकाउने गरेको उल्लेख गर्दै सभापति देउवाले कम्युनिष्ट सरकार अराजक शैलीमा प्रस्तुत हुनु मुलुकका लागि दुर्भाग्य भएको बताए।
प्रेस जगतले पनि जनतामाझ सही सूचना पुर्याउन चुक्न नहुने बताउँदै सभापति देउवाले प्रेस स्वतन्त्रताको पक्षमा कांग्रेस सधँै लागि पर्ने समेत बताए।