कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष पुण्य रेग्मीसहित पदाधिकारीहरूले पद तथा गाेपनियताकाे सपथ लिएका छन्।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आयोजित सपथ ग्रहण समारोहमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आयोगका उपाध्यक्ष पुण्य रेग्मीलाई सपथ खुवाएका थिए।
मुख्यमन्त्री शाहीवाट सपथ ग्रहण गरे लगत्तै उपाध्यक्ष रेग्मीले आयोगका सदस्यहरू डा.दिपेन्द्र रोकाया र योगेन्द्र शाहीलाई सपथ ग्रहण गराएका थिए।
सपथ ग्रहणपछि पत्रकारहरूसँग कुराकानी गर्दै योजना आयोगका उपाध्यक्ष रेग्मीले आफूहरू पञ्च वर्षीय योजना निर्माणमा लाग्ने बताए। ‘अब तत्कालै कर्णाली प्रदेशको अहिलेको अवस्था देखाउने मानचित्र र समृद्ध कर्णालीको सपनाको मानचित्र तयार गर्छौं,’ उपाध्यक्ष रेग्मीले भने,‘दुवै मानचित्रलाई अगाडि राखेर हामी समृद्ध कर्णाली निर्माणको दिशामा तदारूकताका साथ अगाडि बढ्छौं।’
उपाध्यक्ष रेग्मीले चालु आर्थिक वर्षकाे बजेट कार्यान्वयनको अवस्थालाई दृष्टिगत गर्दै अार्थिक वर्ष २०७६-७७ को एक वर्षीय योजना निर्माणमा पनि आयोग लाग्ने बताए। उनले पूँजीगत बजेट खर्च हुन नसक्ने अवस्था रहेको बताउँदै आयोगको क्षेत्राधिकारभित्र रहेर अनुगमणको कामलाई पनि प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे।
आर्थिक मामिला तथा योजना मन्त्रालयमा व्यवस्थापन गरिएको कार्यकक्षमा उपाध्यक्ष डा.पुण्य रेग्मी, सदस्यद्वय डा. दिपेन्द्र रोकाय र योगेन्द्र शाहीले अाइतबार नै पदवहाली गरेका छन्।