कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते बुधबार विश्वासको मत लिने भएका छन्।
संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव दर्ता गराउनुभएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ। कार्कीले असोज २७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए।