गहनामा ज्याला जर्ती लगायत अनेक बहानामा दिनहुँ उपभोक्तालाई ठगिरहेका छन् । लमजुङको अधिकांश सुनचाँदी व्यवसायीले बेच्ने सुनको तौल र गुणस्तरमा सर्वसाधारण ठगिए पनि कारवाही हुनसकेको छैन् ।
कानुन अनुसार तयारी गहनाको तौल र ज्याला मात्र उपभोक्तासँग लिन पाईन्छ, तर निर्देशिका विपरित आधिकांश व्यवसायीले आफु खुशी गहनाको जर्ती काटेर राख्ने गरेका छन् । उपभोक्ता भने काटेको जर्ती र ज्याला बापतको दुवै रकम तिर्दे आएकोमा अहिले सुन व्यापारीहरुको ठगी धन्दा सार्वजानिक भएको हो ।
काटेको जर्ती र ज्याला दुवैको रकम लिई उपभोक्तावाट व्यवसायले दोहोरो नाफा लिईरहेका छन् । एक तोलाको सुन बनाउँदा सुन व्यवसायले मनपरी ११,१२ लाल जर्ती काटेर राख्ने र ज्याला पनि लिने गरेको छ, त्यहीँ सुनलाई व्यवसायलाई बेच्दा जर्ती काटेर लिने गरेको मस्र्याङ्दी गापा– ३ का पद्म घले बताउँछिन् ।
गहना बनाउँदा व्यवसायीआफु खुशी जर्ती काटेर लिने त्यो गहनालाई तयारी तौल र ज्यालाको मात्र रकम लिन पाउने कानुनी निर्देशिका भए पनि अहिले सम्म लमजुङमा कुनै व्यवसायले पालना नगरेको राईनास नपा– ९ का सुमित्रा गुरुङ बताउँछिन् । उनी भन्छिन् “मैले सुनको गहना धेरै बनाईसकेको छु सधै जर्तीको नाममा मनपरी गर्दा पनि सम्बन्धित निकायले कारवाही गर्दैन् ” ।
करिब ७० वटा भन्दा बढी सुनचाँदी पसल दर्ता रहेको लमजुङ सुनचाँदी व्यवसाय संघको तथ्याङ्कमा छ । कतिपय सुनचाँदी पसल विना दर्ता सञ्चालनमा रहेको छ, तिनीहरुले दिनै विल नै गैरकानुनी हुन्छ । काटिने जर्ती अदृष्य भएकोले गहना तयारी गर्दा कम तौल हुने र गहनाको प्रकार अनुसार जर्ती घटबढ हुने लमजुङ सुनचाँदी व्यवसाय संघका नि। वर्तमान अध्यक्ष रविन विश्वकर्माले बताए ।
कुनै गहना तयार गर्दा तौलवाट जर्ती काट्न पाईदैन् । तयार गर्दा गहनाको तौल जति हुन्छ त्यसको मात्र रकम र ज्याला मात्र लिन पाउने कानुनी प्रवधान रहेको छ । व्यवसाय आफु खुसी उपभोक्तावाट जर्ती काटेर लिने तथा ठग्ने गरेको पाएमा कारवाहीको दायरामा ल्याउने लमजुङका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।
वस्तु तथा सेवा उत्पादक कम्पनीले उपभोक्ताको हितका लागि गुणस्तरीय उत्पादन गर्नुपर्ने कानूनी प्रावधान भए पनि मुलुकमा सरोकार पक्षले बजारमा अनुगमन तथा नियमनकारी संवेदनशील नहुँदा सुनचाँदी व्यवसायीको लुट धन्दा दिनहुँ मौलाएको छ, भने आम उपभोक्ता ठगिरहेका छन् ।