चन्द्रमामा छुने चन्द्रयान -२ को यात्रा अन्तत अधुरै रहयो । शनिबार विहान इतिहास रच्ने तयारीमा रहेको भारत त्यसको दुइ कदम अगाडि नै विफल भएको छ ।
यदि सबै ठिक हुँदो हो त भारत चन्द्रमाको दक्षिण ध्रुवमा सफलतापूर्वक अन्तरिक्षयान अवतरण गराउने विश्वमा पहिलो मुलुक बन्ने थियो । यसअघि अमेरिका,रूस र चाइनाले अन्तरिक्षयानलाइ सफ्ट ल्याण्डिङ गराइसकेका छन् ।
दक्षिण ध्रुवमा जान निकै मुस्किल मानिन्छ । भारतले प्रक्षेपण गरेको चन्द्रयान-२ चन्द्रमाको सतहबाट २.१ किलोमिटर वरै रहेको थियो । अवतरण गराउने तयारी भई रहँदा विक्रम ल्यान्डरसँगको सम्पर्क विच्छेद भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।अन्तत ४७ दिन लामो चन्द्रयान २ को यात्रा विफल बन्यो ।
यद्यपी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देशका अन्तरिक्ष वैज्ञानिकहरूलाई सम्बोधन गर्दै चन्द्रयान २ कार्यक्रमबाट आफू गौरवान्वित भएको बताएका छन्।