Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Thursday, May 19, 2022 | बिहीबार, जेठ ५, २०७९
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
स्वास्थ्य / जीवनशैली
  • गृहपृष्ठ
  • स्वास्थ्य / जीवनशैली
स्वास्थ्य संस्थाको निर्माण सुस्त गतिमा
स्पेसखबर
स्पेसखबर काठमाडौं, २९ पुस
स्वास्थ्य संस्थाको निर्माण सुस्त गतिमा
फाइल तस्वीर

आधारभूत स्वास्थ्य सेवा केन्द्रको निर्माण कार्य सुस्त गतिमा अघि बढेको पाइएको छ। सरकारको दुई वर्षभित्र सबै वडामा स्वास्थ्य संस्था निर्माण गर्ने लक्ष्य प्रभावकारी रूपमा अघि बढ्न नसकेको पाइएको हो।

यही गतिमा निर्माण कार्य अघि बढ्दा आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा–वडामा पुग्न वर्षौं लाग्ने देखिन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार २ हजार ५ सय स्वास्थ्य संस्थाको भवन निर्माण गरिनेछ। उनले भने, ‘आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण कार्य केही सुस्त भएको छ, यसलाई तीव्र गतिमा अगाडि बढाउन सक्नुपर्छ।’

स्वास्थ्य मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा १ हजार ३ सय ९० स्वास्थ्य संस्थाको भवन निर्माण कार्य अघि बढाइएको छ। गत आवमा १ हजार २ सय स्वास्थ्य संस्थाको भवन निर्माण गर्ने कार्य अघि बढेको थियो।

स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सेवा सञ्चालनसम्बन्धी कार्यविधि २०७५ मा केन्द्रले आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्ने उल्लेख छ। आधारभूत स्वास्थ्य सेवामा कम्तीमा खोप, परिवार नियोजन, गर्भवती एवं शिशुको जाँच, साधारण प्रसूति, नवजात शिशु सेवा, डट्स सेवालगायत पर्छन्। यस्तै, पोषण, मानसिक स्वास्थ्य, नसर्ने रोगको परामर्श तथा स्क्रिनिङ, औषधि वितरण, स्वास्थ्य प्रवद्र्धनलगायत पर्छन्।

सरकारले देशभर स्वास्थ्य संस्था निर्माणका लागि १० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। मन्त्रालयका अनुसार वडास्तरमा आधारभूत स्वास्थ्य केन्द्र र हरेक पालिकामा एक अस्पताल निर्माणका लागि १० अर्ब २६ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो।

चालू आवमा २०७६-७७ को नीति तथा कार्यक्रममा सबै वडाबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराइने उल्लेख छ। देशभरका २ हजार ५ सय ९० वडामा स्वास्थ्य संस्था निर्माणका लागि दुई आर्थिक वर्षमा ९ अर्ब रुपैैयाँ बजेट किस्ताबन्दीका आधारमा गइसकेको स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटाले बताए।

स्वास्थ्य मन्त्रालयले गत आर्थिक वर्षमा ४ अर्ब र चालू आवमा ५ अर्ब रुपैयाँ रकम छुट्याएको थियो। गत आवमा १ हजार २ सय तथा चालू आवमा १ हजार ३ सय ९० स्वास्थ्य संस्थाको भवन निर्माणका लागि बजेट उपलब्ध गराइएको छ। महाशाखा प्रमुख डा. देवकोटाले भने, ‘स्वास्थ्य संस्था निर्माण कार्य र प्रत्येक स्थानीय तहमा अस्पताल पुर्‍याउने गरी काम अघि बढिरहेको छ। मन्त्रालयमार्फत त्यसका लागि आवश्यक बजेटसमेत विनियोजन हुँदै आएको पनि छ।’

स्वास्थ्य संस्था नभएका वडामा आधारभूत स्वास्थ्य सेवा निर्माण कार्य अघि बढेको हो। दुई वर्षभित्र निर्माण कार्य सक्ने लक्ष्य राखिएको छ। यस्तै, प्रत्येक पालिकामा अस्पताल पुर्‍याइने योजना अघि बढाइएको छ। हालसम्म २ सय ५१ अस्पतालको स्तरोन्नतिका लागि सूचीकृत भएका छन्। जसअन्तर्गत ७० वटाको सबै मापदण्ड पूरा भई टेन्डर प्रक्रियामा गएको महाशाखा प्रमुख डा. देवकोटाले बताए।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६, ०८:०६:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • काठमाडौं सडक चाेकका फोहोर केही दिनभित्र उठिसक्ने महानगरको दाबी
  • तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सूचीकृत हुने
  • मत परिणाम सार्वजनिक हुने क्रम जारी : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै
  • गाेकर्णेश्वरकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
  • बुढानीलकण्ठ नगरपालिकाकाे मेयर/उपमेयरमा नेकपा एमाले विजयी
  • गोकर्णेश्वर ८ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
तराईमा तातो हावा चल्न थाल्याे , 'लु'बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
तराईमा तातो हावा चल्न थाल्याे , 'लु'बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
होम तथा यज्ञको धार्मिक र वैज्ञानिक महत्व
होम तथा यज्ञको धार्मिक र वैज्ञानिक महत्व
नर्सिङ संघकाे चुनाव आज
नर्सिङ संघकाे चुनाव आज
ज्योतिले दिएको खुसी...
ज्योतिले दिएको खुसी...
अस्थायी साधनमा भन्दा गर्भपतनमा आकर्षण
अस्थायी साधनमा भन्दा गर्भपतनमा आकर्षण
नरैनापुरमा ‘झोले चिकित्सक’ !
नरैनापुरमा ‘झोले चिकित्सक’ !
  • ताजा समाचार
  • ट्रेण्डिङ
काठमाडौं सडक चाेकका फोहोर केही दिनभित्र उठिसक्ने महानगरको दाबी
काठमाडौं सडक चाेकका फोहोर केही दिनभित्र उठिसक्ने महानगरको दाबी
तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सूचीकृत हुने
तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सूचीकृत हुने
मत परिणाम सार्वजनिक हुने क्रम जारी : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै
मत परिणाम सार्वजनिक हुने क्रम जारी : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै
गाेकर्णेश्वरकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
गाेकर्णेश्वरकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
बुढानीलकण्ठ नगरपालिकाकाे मेयर/उपमेयरमा नेकपा एमाले विजयी
बुढानीलकण्ठ नगरपालिकाकाे मेयर/उपमेयरमा नेकपा एमाले विजयी
गोकर्णेश्वर ८ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी
गोकर्णेश्वर ८ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी
निधि -देउवा भेटघाट, प्रेमबहादुरको निधनप्रति समवेदना व्यक्त
निधि -देउवा भेटघाट, प्रेमबहादुरको निधनप्रति समवेदना व्यक्त
भरतपुरमा रेनु दाहालले अग्रता फराकिलाे पार्दै
भरतपुरमा रेनु दाहालले अग्रता फराकिलाे पार्दै
गोरखामा कांग्रेसको लज्जास्पद हार:  सभापतिजी! कार्यकर्ता तिम्रा दास हुन्?   1
गोरखामा कांग्रेसको लज्जास्पद हार: सभापतिजी! कार्यकर्ता तिम्रा दास हुन्?  
ललितपुरमा कांग्रेसका चिरिबाबु तेब्बर मतले अगाडि 2
ललितपुरमा कांग्रेसका चिरिबाबु तेब्बर मतले अगाडि
कीर्तिपुरमा कांग्रेसका राजकुमार नकर्मी दोब्बर मतले अगाडि 3
कीर्तिपुरमा कांग्रेसका राजकुमार नकर्मी दोब्बर मतले अगाडि
जनकपुरमा कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता 4
जनकपुरमा कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता
शीर्ष नेताहरू कसले कहाँबाट गरे मतदान? 5
शीर्ष नेताहरू कसले कहाँबाट गरे मतदान?
सूचना - प्रविधि थप
नास्टले बनायो  विद्युतीय स्कुटर नास्टले बनायो विद्युतीय स्कुटर
विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले फड्को मार्दै : थापा
फेसबुकले कम्पनीको नाम परिवर्तन गरेर 'मेटा' बनायो
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2022 All rights reserved. Site by: SoftNEP