Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Monday, December 09, 2019 | सोमबार, मंसिर २३, २०७६
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
स्वास्थ्य / जीवनशैली
  • गृहपृष्ठ
  • स्वास्थ्य / जीवनशैली
दशैंकाे खानपानमा ध्यान दिन सुझाव
स्पेसखबर
स्पेसखबर काठमाडाैं, १८ असाेज
दशैंकाे खानपानमा ध्यान दिन सुझाव

दशैं भन्नेबित्तिकै आफूभन्दा ठूला मान्यजनबाट आशीर्वाद लिने र अत्यधिक खानपान गर्ने चाडका रूपमा लिइन्छ तर आशीर्वादसँगै अत्यधिक बढी मदिरा, मासु तथा अन्य परिकार खाने चाडका रूपमा दशैं मनाउँदा स्वास्थ्यमा नोक्सानी पुग्ने भन्दै चिकित्सक तथा पोषणविद्हरूले सन्तुलित खाना खान सुझाव दिएका छन्।

चाडपर्वका नाममा अत्यधिक मदिरा, मासु, मसलेदार परिकार खाने तथा स्वास्थ्यको ख्याल नगर्दा अस्पतालसम्म पुग्नु परेको धेरै घटना छन्। चिकित्सकले दशैंमा बढी मात्रामा चिल्लो, पिरो, बोसोयुक्त खानेकुरा खाँदा बिरामी नभएका मानिससमेत बिरामी पर्ने र बिरामी भएकालाई झनै खतरा हुनेतर्फ पनि विज्ञहरूले सतर्कता अपनाउनुपर्ने बताएका छन्।

अस्वाभाविक खानपानले मानिसको मिर्गौला, मुटु, कलेजोजस्ता अङ्गमा असर गर्नुका साथै उच्च रक्तचाप बढ्ने, शरीरमा कोलस्ट्रोलको मात्रा वृद्धि हुनेजस्ता समस्या देखा पर्छन्। वरिष्ठ पोषणविद् तथा त्रिवि पद्मकन्या क्याम्पसकी प्राडा उमा कोइरालाले दशैंमा खानपानमा ध्यान नदिँदा मानिसको स्वास्थ्यमा असर पर्ने बताए। पोषणविद् कोइरालाले खानपानमा ध्यान नदिने तथा जीवनशैलीमा आएको परिवर्तनले गर्दा सामान्य व्यक्ति पनि रोगी बन्ने र रोगी व्यक्तिका शरीरका अङ्गसमेत काम नलाग्ने हुनसक्ने हुनाले सन्तुलित खाना मात्र खान सुझाव दिए।

चाडबाडको नाममा खानपानमा ध्यान नदिँदा मानिसले स्वास्थ्यलगायत सामाजिक रूपमा समेत ठूलो क्षति बेहोर्नुपरेको छ, पोषणविद् कोइरालाले भन्नुभयो, “मानिसले दशैंको खानामा होस नपुर्‍याउँदा जटिल रोगको सिकार त हुन्छन् नै, अत्यधिक मदिरा सेवनका कारण घरपरिवार तथा समाजबाट समेत वहिष्कृत हुनु परेका धेरै उदाहरण छन्।”

पेटरोग विशेषज्ञ डा. भूपेन्द्रकुमार बस्नेतले चाडपर्वका नाउँमा अत्यधिक मदिरा, मासु र धेरै समयसम्म राखिएका खानेकुराले विभिन्न रोगको सिकार हुनुपर्ने बताए। उनले दशैंमा अत्यधिक मदिरा पिउनाले शरीरमा ग्लुकोज कमी हुने, डिहाड्रियसन हुने, मानिस उठ्नै नसक्ने अवस्थामा पुग्ने, शरीरले काम नगर्ने लगायतका समस्या देखापर्ने जानकारी दिए।

उनले अत्यधिक मदिरा सेवनका कारण मानिसको मृत्यु भएका धेरै घटना छन् भन्दै शरीरको हेरचाह गरी आफैँ सचेतना अपनाउन सुझाव दिए। डा. बस्नेतले ग्यास्ट्रिक, अल्सर भएका व्यक्तिले मदिरा, मासु खानुभन्दा अगाडि विचार पुर्‍याउनुपर्ने भन्दै असन्तुलित खानाले शरीरलाई फाइदा नगर्ने बताए।

डा. बस्नेतले दशैंमा मदिरा सेवनसँगै जुवातास खेल्ने र लाखौँ रुपियाँ हार्ने हुनाले आर्थिक क्षतिसमेत हुने हुँदा सन्तुलित आहार गर्नुपर्नेमा जोड दिए। उनले मदिरा सेवन गरिहाले पनि ९० मिलिलिटरभन्दा बढी नगर्न आग्रह गरे।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले मुटुरोगीले समेत बल्लबल्ल आउने दशैं भनेर अल्कोहल सेवन गर्ने गरेको जानकारी दिए। उनले दशैंमा मानिसले आवश्यकभन्दा बढी मासुको मात्राले जटिल किसिमका रोग लाग्ने बताए। खसी, बोका, राँगा र बङ्गुरको मासु रातो हुनाले मानिसलाई त्यत्तिकै असर गर्ने भन्दै उनले सकभर मासुमा बजारमा पाइने मसला हालेर नखान पनि आग्रह गरे। गाेरखापत्रमा खबर छ।

प्रकाशित मिति: शनिबार, असोज १८, २०७६, ०८:०७:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • पृथ्वी प्रज्ञा–पुरस्कार शताब्दी पुरुष जोशीलाई प्रदान
  • सागबाट आफू पूर्णरुपमा सन्तुष्ट: सिलवाल
  • नेपाली महिला फुटबल खेलाडी पराजित हुँदा थामिएन मन्त्रीको आँशु
  • १३ औं सागमा ४ स्वर्ण जित्दै गौरिकाले रचिन इतिहास
  • ३ न्यायाधीशको जागिर खाने रिट खारेज
  • भारतले जित्याे महिला फुटबलकाे स्वर्ण:नेपाली प्रशिक्षक हरि खड्काले दिए राजिनामा
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
ज्योतिले दिएको खुसी...
ज्योतिले दिएको खुसी...
अस्थायी साधनमा भन्दा गर्भपतनमा आकर्षण
अस्थायी साधनमा भन्दा गर्भपतनमा आकर्षण
नरैनापुरमा ‘झोले चिकित्सक’ !
नरैनापुरमा ‘झोले चिकित्सक’ !
यस्ता छन् सुन्तला खानुका फाइदा
यस्ता छन् सुन्तला खानुका फाइदा
कंगोमा दादुराको महामारी, करिब ५ हजारको मृत्यु
कंगोमा दादुराको महामारी, करिब ५ हजारको मृत्यु
पत्नीले धोका त दिइरहेकी छैनन् ?
पत्नीले धोका त दिइरहेकी छैनन् ?
  • ताजा समाचार
  • ट्रेण्डिङ
पृथ्वी प्रज्ञा–पुरस्कार शताब्दी पुरुष जोशीलाई प्रदान
पृथ्वी प्रज्ञा–पुरस्कार शताब्दी पुरुष जोशीलाई प्रदान
सागबाट आफू पूर्णरुपमा सन्तुष्ट: सिलवाल
सागबाट आफू पूर्णरुपमा सन्तुष्ट: सिलवाल
नेपाली महिला फुटबल खेलाडी पराजित हुँदा थामिएन मन्त्रीको आँशु
नेपाली महिला फुटबल खेलाडी पराजित हुँदा थामिएन मन्त्रीको आँशु
१३ औं सागमा ४ स्वर्ण जित्दै गौरिकाले रचिन इतिहास
१३ औं सागमा ४ स्वर्ण जित्दै गौरिकाले रचिन इतिहास
३ न्यायाधीशको जागिर खाने रिट खारेज
३ न्यायाधीशको जागिर खाने रिट खारेज
भारतले जित्याे महिला फुटबलकाे स्वर्ण:नेपाली प्रशिक्षक हरि खड्काले दिए राजिनामा
भारतले जित्याे महिला फुटबलकाे स्वर्ण:नेपाली प्रशिक्षक हरि खड्काले दिए राजिनामा
नेकपाले डाक्याे एक वर्षपछि मंसिर २९ मा स्थायी समिति बैठक
नेकपाले डाक्याे एक वर्षपछि मंसिर २९ मा स्थायी समिति बैठक
कार दुर्घटनामा ग्लोबल बैंकका कर्मचारीको मृत्यु
कार दुर्घटनामा ग्लोबल बैंकका कर्मचारीको मृत्यु
प्रचण्ड–देउवाको अर्थपूर्ण भेटघाट 1
प्रचण्ड–देउवाको अर्थपूर्ण भेटघाट
नेपालकाे उपचार खर्च-विवरण आयाे, सिंगापुरकाे  कति ? 2
नेपालकाे उपचार खर्च-विवरण आयाे, सिंगापुरकाे कति ?
कांग्रेस बैठक मंसिर २६ गते  बस्दै,  उपनिर्बाचनको समीक्षा र भातृसंस्थाको नेतृत्वबारे छलफल हुने 3
कांग्रेस बैठक मंसिर २६ गते बस्दै, उपनिर्बाचनको समीक्षा र भातृसंस्थाको नेतृत्वबारे छलफल हुने
‘लालकिल्ला’ भत्किएपछि नेकपामा आरोपप्रत्यारोप सुरु 4
‘लालकिल्ला’ भत्किएपछि नेकपामा आरोपप्रत्यारोप सुरु
५ जिल्लाका सिडिओको सरुवा 5
५ जिल्लाका सिडिओको सरुवा
सूचना - प्रविधि थप
सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार
फेसबुक र गुगल मानव अधिकारका लागि खतराः एमनेष्टी
अब मन्जुरीबिना एसएमएस गरी विज्ञापन गर्न नपाइने
ग्लोबल थप
विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं स्पेसखबर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्न आवश्यक व्यवस्था मिलाउन सरोकारवाला पक्षको सहभागितामा ...
भारतमा एक नेपालीको हत्या
भारतमा एक नेपालीको हत्या स्पेसखबर
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2019 All rights reserved. Site by: SoftNEP