डेंगु परीक्षणका लागि भन्दै काठमाडौंको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले बिदामा पनि ओपीडी र फिबर क्लिनिक खुला राखेको छ ।
डेंगु परीक्षणका लागि आउनेको संख्या नघटेपछि अस्पतालले आज इन्द्र जात्रा र भोलि शनिबारको बिदा रहे पनि ओपीडी सञ्चालन भइरहेको जनाएको छ । यस्तै अस्पतालले ल्याबलगायत अन्य सबै सेवा नियमित गरेको जनाएको छ । यस्तै अस्पतालले सहज होस भनेर ओपीडीसँगै थप दुई फिबर क्लिनिकसमेत सञ्चालनमा ल्याएको कार्यकारी अधिकृत रुपनारायण खतिवडाले बताए ।