सामान्यतः किशोरी १२-१३ वर्ष पुगेपछि महिनावारी हुन सुरु हुन्छ । यो प्राकृतिक प्रक्रिया हो। महिनावारी हुँदा हल्का पेट दुख्ने, ढाड दुख्ने, स्तन सुन्निने, शरीर भारी हुने, वाकवाकी लाग्ने गर्छ। तर आजभोलि व्यस्त जीवनशैली र खानपान तथा व्यायाममा ध्यान नदिँदा धेरै महिला महिनावारीसम्बन्धी समस्याबाट पीडित छन्।
महिनावारीको समयमा धेरै दुखाइ, रक्तश्राव, तनाव, चिढचिडापन महिनावारीमा सामान्य मानिए पनि अनियमित हुनु भनेको ठूलै समस्या हुनसक्ने डाक्टरहरू बताउँछन्। महिनावारी २१ देखि ३५ दिनभन्दा अगाडि वा पछाडि हुनुलाई अनियमित महिनावारी भनिन्छ। छिटो–छिटो महिनावारी हुनु र धेरै ढिलो हुँदा विभिन्न स्वास्थ्य समस्या देखापर्न सक्छन् । महिलाहरू महिनावारी अनियमित भएको समयमा विभिन्न प्रकारका औषधि सेवन गरिरहेका हुन्छन्। जुन महिला स्वास्थ्यका लागि घातक साबित हुन सक्छ।
किन समयमै हुन जरुरी छ ?
अनियमित महिनावारी महिलाका साझा समस्या बन्दै गएको छ। महिनावारी भएको २१ दिनपछि ३५ दिनसम्म महिनावारी नहुनु र त्यही समस्या बारबार दोहोरिरहनुले महिलाको स्वास्थ्यमा गम्भीर समस्या भएको हुनसक्छ। त्यसैले यस्तो अवस्थामा डाक्टरको सल्लाह लिन अत्यन्तै जरुरी छ।
कारण
थाइराइड, पेल्बिक तथा पीसीओडी जस्ता रोगका कारण महिनावारी अनियमित हुनसक्छ। साथै तौल बढ्दा वा घट्दा, तनाव, गलत डाइट, गर्भ निरोधक औषधिको प्रयोग, अत्याधिक मात्रामा कसरत र स्तनपानले गर्दा महिनावारी अनियमित हुन्छ।
लक्षण
भोक नलाग्ने, युट्रसमा पीडा, पेट, हात र कम्मर दुखाइ, अत्यधिक थकाइ, कब्जियत र पखाला लाग्ने जस्ता लक्षण देखापरे महिनावारीमा समस्या भएको हुनसक्छ । साथै युट्रसमा र रगतको दाग देखिनु पनि एउटा लक्षण हो।
तुलसी
अनियमित महिनावारीको एकमात्र अचुक उपाय तुलसी हो। यसमा पाइने तŒवले तनाव कम गर्ने र हर्मोनको मात्रा सन्तुलन गर्न मद्दत गर्छ। यसमा प्राकृतिक एन्टिअक्सिडेन्ट हुन्छ जसले एन्टी–माइक्रोबियल गुण पाइन्छ।
कसरी प्रयोग गर्ने ?
तुलसीले कोर्टिसोल हर्मोनलाई नियन्त्रण गर्छ जसले गर्दा महिनावारी नियमित हुन्छ। यसका लागि १० ग्राम तुलसीको दानामा पानी उमालेर नियमित रूपमा बिहान पिउनुपर्छ। यसले तपाईंको अनियमित महिनावारीको समस्या समाधान गर्न मद्दत गर्छ। यसका साथै तुलसीको चिया, यसको पानी वा यसको पात खाँदा राम्रो गर्छ।
सावधान :
यदि तपाईं गर्भवती वा मधुमेहको बिरामी हुनुहुन्छ वा एसिटामिनोफेन जस्ता पेनकिलरको सेवन गरिरहनुभएको छ भने तुलसीको प्रयोग नगर्नुहोस्। किनकि तुलसीले शरीरमा हर्मोनलाई सिधै प्रभाव पार्ने भएकाले यस्ता व्यक्तिका लागि खतरनाक हुनसक्छ। साथै कलेजो खराब हुन पनि सक्छ।