रुसले नियन्त्रणमा लिएका दुइ शहरमा अस्थायी रूपमा युद्धविराम घोषणा गरेको छ ।
मानवीय सहायताका लागि भन्दै रुसले शनिबार युद्धविराम घोषणा गरेको हो । रुसी समाचार संस्था तासका अनुसार युक्रेनसँगको युद्धमा मरिपोल र भोल्नोभाखाका दुई शहरमा स्थानीय बासिन्दालाई बाहिर निस्कनका लागि युद्धविराम गरेकाे हाे ।मरिपोल र भोल्नोखोभामा केही दिनदेखि दुवै पक्षबीच भीषण संघर्ष जारी रहेको थियाे ।
दुवै देशका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायतका लागि करिडोर खुला गरिने सहमति भएको थियो ।
रुसी सेनाले युक्रेनी सहरहरूलाई निसानामा नराखेको पनि दाबी गरेको छ । साथै उसले केवल सैन्य संरचनामा मात्रै आक्रमण गरिएको र सर्वसाधारणलाई कुनै पनि खतरा नभएको दाबी गरेकाे छ ।