ओमिक्रोन भेरियन्टका संक्रमित वृद्धि भएपछि यस्तो घोषणा गरिएको हो। दिल्ली सरकारले राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो।नजिकिंदै गरेकाे अग्रेजी नयाँ वर्षको अवसरमा आयोजना हुने भिडभाडयुक्त कार्यक्रमबाट संक्रमण झन् बढी नफैलियोस् भनेर रात्रिकालीन कर्फ्यु लगाइएको अघिकारीहरूलाइ उध्रित गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
पछिल्लो २४ घण्टामा दिल्लीका २९० जना नयाँ सङ्क्रमणका घटना पुष्टि भएको थियो।उक्त सङ्ख्या पछिल्लो छ महिनायताकै सर्वाधिक भएको बताइएको छ।
दिल्लीबाहेक अरू कैयौँ भारतीय राज्यले पनि रात्रिकालीन निषेधाज्ञा लगाइरहेका छन् र मानिसहरूलाई भेला हुनबाट रोकिरहेका छन्।तर कैयौँ मानिसले अधिकांश ठूला भेलाहरू दिनमा हुने गरेका भन्दै पछिल्ला घोषणाबारे प्रश्न उठाइरहेका छन्।हालसम्म भारतमा चार सयभन्दा बढी ओमिक्रोन भेरिअन्ट सङ्क्रमणका घटना पुष्टि भएका छन्।
ओमिक्रोन तुलनात्मक रूपमा डेल्टा भन्दा कम जाेखिम देखिए पनि संक्रमणदर भने तिब्र रूपमा वृद्धि हुँदै गएकाे छ। युराेपका थुप्रै देशहरूमा याे संक्रमण फैलिसकेकाे छ।