अफगानिस्तानलाई नियन्त्रणमा लिन सफल भएको तालिबानले २० वर्षको संघर्षपछि देशलाई मुक्त गरेको र विदेशीहरूलाई निकाल्न सफल भएको दाबी गरेको छ।
सत्ता कब्जापछि पहिलो पटक आयोजना गरिएकाे पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने भन्दै यो पुरै देशका लागि गर्वको क्षण भएको बताए ।अफगानिस्तानको माटो कसैको बिरुद्धमा प्रयोग हुने उनको भनाई थियो ।
तालिबानले आफूहरु विरुद्ध लडेका सबैलाई माफी दिएको छ । हामी बाह्य वा आन्तरिक शत्रु चाहँदैनौँ पत्रकार सम्मेलनमा मुजाहिदले भने,आफूहरू शरिया कानुनका आधारमा महिलाहरूको हक अधिकारप्रति प्रतिबद्ध छौं ।
प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने, निजी क्षेत्रका सञ्चार माध्यमहरू स्वतन्त्र र निष्पक्ष रहिरहन पाउने छन् । जनताहरु त्रसित भइरहेको बेलामा तालिवानले सबैलाई माफी दिएको हो ।