अमेरिकाले रोग प्रतिरोधी क्षमता कम भएकाहरूलाई कोरोनाविरुद्ध फाइजर-बयोएनटेक र मोडर्नाले उत्पादन गरेका खोपको तेस्रो डोज लगाउन अनुमति दिएको छ । चिकित्सकहरूले दुई डोज खोप लगाएर पनि कोरोनाविरुद्ध प्रतिरोधी क्षमता विकास नभएका बिरामीलाई तेस्रो डोज लगाउनका लागि सिफारिस गर्न सक्नेछन् ।
सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीएस) को सल्लाहकार समितिमा तेस्रो डोज लगाउन अनुमति दिने या नदिने भनेर छलफल तथा मतदान हुनु एक दिनपूर्व नै एफडीएले अनुमति दिएको हो ।
'एफडीएले रोग प्रतिरोधी क्षमता अत्यन्तै न्यून भएका कारण जोखिममा रहेका व्यक्तिहरूलाई ध्यानमा राखेर यो निर्णय गरेको हो । एफडीएले तेस्रो डोज लगाउन अनुमति दिएसँगै अब अमेरिकाको प्रादेशिक खोप नियन्त्रण इकाईलाई अर्को चरणको देशव्यापी खोप अभियान सञ्चालन गर्न दबाब बढ्नेछ । अघि नै फ्रान्स, जर्मनी तथा हंगेरीले समेत रोग प्रतिरोधी क्षमता कम भएकाहरूलाई तेस्रो डोज खोप दिन सुरु गरिसकेका छन् ।