अमेरिकाको फ्लोरिडा राज्यमा एउटा १२ तले आवासीय भवन भत्किंदा सय जनाभन्दा बढी बेपत्ता भएका छन् भने १ जनाको मृत्यु भएको पुष्टि भएकाे छ । हराइरहेकाकाे खोजि कार्य जारी छ ।भवनभित्र कति व्यक्ति थिए भन्ने यकिन हुन सकेको छैन ।
मायामी शहरमा अवस्थित उक्त १२ तल्ले आवासीय भवनको एकापट्टीको भाग भत्किएर ध्वस्त भएसँगै मानिसहरु पुरिएर हराएका हुन् ।घटनास्थलबाट दर्जनौ व्यक्तिलाइ सकुशल उद्धार गरिएको छ ।
सन् १९८० मा निर्मित सो १२ तल्ले भवनको १३० वटा फ्ल्याटमध्ये आधा पुरै ध्वस्त भएको छ । भवन के कारणले भत्कियो भन्नेबारेमा अनुसन्धान सुरू गरिएकाे बीबीसीले जनाएकाे छ ।