नासाले शुक्रग्रहबारे अध्ययन गर्न दुई वटा अन्तरिक्ष मिसन पठाउने भएकाे छ।सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन हुनेछन्।सूर्यभन्दा दोस्रो स्थानमा रहेको शुक्रग्रह सौर्यमण्डलकै सबभन्दा तातो ग्रह हो। त्यहाँको सतहको तापक्रम ५०० डिग्री सेल्सियस रहेको छ।
डाभिन्ची प्लस नामक पहिलो मिसनले सो ग्रह कसरी बनेको र विकसित भएको भनेर हेर्नेछ। उसले शुक्रग्रहमा कुनै समय महासागर थियो कि थिएन भनेर पनि बुझ्न खोज्नेछ।
त्यस्तै दोस्रो मिसन भेरिटासले शुक्रग्रहको सतहको नक्साङ्कन गरेर त्यसको भौगोलिक इतिहास जान्नेछ अनि किन पृथ्वीभन्दा एकदमै भिन्न तरिकाले शुक्रग्रहको विकासक्रम अघि बढ्यो भनेर पनि उसले जान्न खोज्नेछ।पृथ्वी भन्दा नजिकको ग्रह किन आगोको गोला बन्यो भनेर नासाले जान्न चाहेकाे हाे ।बीबीसी