बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले प्रेमिका क्यारी सिमोन्ड्ससँग विवाह गरेका छन् ।
५६ वर्षीय बोरिसले शनिबार ३३ वर्षीया प्रेमिका क्यारी सिमोन्ड्ससँग विवाह गरेको बीबीसीले जनाएको छ ।उनीहरुबीच सन् २०१८ देखि नै सम्बन्ध रहेको जनाइएको छ ।
जोन्सनको विवाह एकदमै गोप्य राख्ने कोशिस गरिएको थियो ।विवाह समारोहमा सहभागीहरूले सामाजिक सञ्जालमा नयाँ दम्पतीलाई शुभकामना दिएपछि जोन्सनले विवाह गरेको खुलेको थियो ।
यसअघि गरेका दुइटा विवाह डिभोर्समा टुंगिएपछि बोरिसले सिमोन्ड्सलाई विवाह गरेका हुन् ।