विश्वमा काेराेना संक्रमणकाे दर केही कम जस्ताे देखिए पनि जाेखिम भने हटेकाे छैन । करिब एक वर्षकाे अवधिमाधेरै मुलुकमा कोरोनाविरुद्धको खोप उत्पादन हुनुका साथै लगाउने कार्यसमेत थालिएको छ ।
बेलायतको अक्सफोर्ड युनिभर्सिटी, अमेरिकाको जोन हप्किन्स युनिभर्सिटी, युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल, सम्बन्धित मुलुकका सरकार एवं स्वास्थ्य विभाग तथा संयुक्त राष्ट्रसंघको आँकडाअनुसार हालसम्म विश्वका ४ करोड ३६ लाखभन्दा बढी मानिसले कोरोनाविरुद्धको खोपको पूरा मात्रा लगाइसकेका छन् ।
उच्च आय भएका र मध्यम आय भएका गरी ९० देशमा हाल खोप अभियान चलिरहेको छ । निम्न आय भएका कुनै पनि मुलुकमा खोप लगाउन सुरु नभएको बीबीसीले लेखेको छ ।
अमेरिकामा ६ करोडभन्दा बढीले खोप प्राप्त गरिसक्दा चीनमा ४ करोड र बेलायतमा १ करोड ८० लाखभन्दा बढीले कम्तीमा खोपको पहिलो मात्रा पाएका छन् । अधिकांश मुलुकमा स्वास्थ्यकर्मी, अधिक जोखिम समूहमा रहेका उमेर समूह र कोरोना महामारीविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिएकालाई नै सुरुमा खोप पाउने प्राथमिकतामा राखिएको छ ।
यस्तै नेपालले पनि आफना प्राथमिकताकाे आधारमा आफ्ना नागरिकहरूलाइ काेराेना विरूद्धकाे खाेप लगाइरहेकाे छ ।सेरम इन्स्टिच्युट अफ इण्डियाबाट उत्पादित कोभिसिल्ड खोप नेपाल लगायतका छिमेकी देश बंगलादेश,श्रीलंका,भुटानले पनि आफ्ना नागरिकलाइ प्राथमिकताकाे आधारमा लगाइरहेकाे छ ।