म्यानमारमा राजनीतिक संकटकबीच सेनाले सत्ता हत्याउँदै संकटकाल घोषणा गरेको छ।सेनाले अब शासन सत्ता प्रधान सेनापति मिन आङ हल्याइङको हातमा रहेको बताएको छ।
साेमबार बिहानै म्यानमारको सेनाले नेतृ आङ सान सुकी, राष्ट्रपति विन मिन्टसहित प्रदेशका मुख्यमन्त्रीहरूलाई नियन्त्रणमा लिएको छ।गत नोभेम्बरको चुनावमा भएको धाँधलीको जवाफमा नेताहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ। म्यानमारमा केही समयदेखि सैनिक कू हुने हल्ला चलिरहेको थियो।
नेताहरूलाई नियन्त्रणमा लिएपछि राजधानी नेपिदअ र अर्को सहर रंगुनका सडकमा सैनिकहरूले गस्ती गरिरहेकाे बिबिसीले जनाएको छ।
गत नोभेम्बरमा भएको चुनावमा सुकीको नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी) ले सरकार बनाउन पुग्ने बहुमत ल्याएको थियो। सेनाले भने उक्त चुनावमा समर्थित पार्टीले निकै कम सिट पाएपछिधाँधली भएको बताउँदै आएको थियो। धाँधली भएको बताउँदै आएको थियो। सोमबार म्यानमारको नयाँ संसदको बैठक बस्दै थियो।
म्यानमारमा सन् १९६२ देखि २०११ सम्म सैनिक शासन थियो। सन् २०१५ को चुनावपछि नै म्यानमारको सैनिकले नागरिक सरकारलाई पूर्ण सत्ता हस्तान्तरण गरेको थिएन।