युराेपका थुप्रै देशमा काेराेना भाइरसकाे नयाँ प्रकार देखिन थालेकाे छ।याे सबै भन्दा पहिलाे ब्रिटेनमा देखा परेकाे थियाे ।
डेनमार्क, जर्मनी, इटली, नेदरल्याण्ड, अस्ट्रेलिया, स्पेन,स्वीडेन र स्विजरल्याण्डले बेलायतबाट फर्केका आफना नागरिकमा काेराेना भाइरसकाे नयाँ प्रकार देखिएकाे बताएका छन् । फ्रान्सले पनि शनिबार ब्रिटेनबाट फर्केका आफ्ना नागरिकमा नयाँ संक्रमण देखा परेकाे जनाएकाे छ।
स्विजरल्याण्डले क्रिसमसकाे अवसरमा विदेशी नागरिकलाइ भित्र्याउन आफ्नाे सीमा खाेलेकाे थियाे । पहिल्लाे केही हप्तामा हजाराैं ब्रिटेनी नागरिक छुट्टि मनाउन त्यहाँ पुगेका थिए। ब्रिटेनमा नयाँ प्रकारकाे काेराेना भाइरस देखा परेपछि कैयाैं देशले आफ्ना नागरिकलाइ त्यहा आवत जावत गर्न प्रतिबन्ध लगाएका छन् ।