विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले विश्वको जनसंख्याको १० प्रतिशतमा कोरोना भाइरसको संक्रमण हुन सक्ने जनाएकाे छ ।
डब्लूएचओको मुख्यालय जेनेभामा आयोजित कार्यक्रमका आपत्कालीन कार्यक्रमका प्रमुख डाक्टर माइक ऱ्यानले विश्वका धेरै जनसंख्या अझै कोरोना संक्रमणको जोखिममा रहेको बताएका हुन्।
डाक्टर ऱ्यानले भने झै करिब ८० करोड मानिस कोरोना भाइरसबाट संक्रमित हुन सक्ने छ ।चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएको १० महिना पूरा भइसके पनि यो नियन्त्रणभन्दा पनि झन तीव्र रुपमा फैलिरहेको छ ।
साे अवसरमा डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना भाइरसको संक्रमण रोकथाम र न्यूनीकरणका लागि विश्वका सबै मुलुकले ऐक्यबद्धता र सामूहिक नेतृत्व देखाउनुपर्ने बताए ।
विश्वमा अहिलेसम्म कोरोना भाइरसका कारण १० लाख ४३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।