ह्याकरहरूले खोपको अनुसन्धानमा भने बाधा नपुर्याएको बताइएको छ।
पछिल्लो घटनाबारे प्रतिक्रिया जनाउँदै ब्रिटिश विदेशमन्त्री डोमिनिक राबले भने, "कोरोनाभाइरस महामारीविरुद्ध काम गरिरहेकाहरूलाई रुसी खुफिया निकायले निसाना बनाउनु पूर्ण रूपमा अस्वीकार्य छ।"
"अरूहरूले लापरबाहीका साथ आफ्नो स्वार्थ र चासोलाई पछ्याउँदै गर्दा यूके र उसको गठबन्धनमा रहेका राष्ट्रहरूले विश्व स्वास्थ्यको रक्षा गर्न खोपको विकासमा कडा मेहनत गरिरहेका छन्।" साभार: बीबीसी