भारत सरकारले बाबा रामदेवको पतञ्जलि आयुर्वेद लिमिटेडले कारोनाको औषधि दावी गरिएको कोरोनिलको प्रचारमा प्रतिबन्ध लगाइएको छ ।
उक्त औषधि माथि छानबिन भई रहेको भन्दै अन्तिम टुंगो नलाग्दसम्म प्रचार नगर्न आयुष मन्त्रालयले प्रतिबन्ध लगाएको हो । कोरोनाको औषधिको बारेमा गरिएको दावीलाई विभिन्न भारतीय संचार माध्यमहरुले रिपोर्ट नै बनाएर त्यसको गुणस्तरियतामा प्रश्न चिन्ह खडा गरेपछि मन्त्रालयले रोक लगाएको हो ।
कथित वैज्ञानिक अध्ययनका दाबीलाई पनि अस्वीकार गरिएको छ। तर पतञ्जलिका अध्यक्ष आचार्य बालकृष्णले यसलाई संचार अन्तर भनेर वर्णन गर्दै उनको कम्पनीले आयुष मन्त्रालयलाई सबै जानकारी दिएको बताए ।
बालकृष्णले आफ्नो ट्वीटमा लेखेका छन् कि यसले क्लिनिकल परीक्षणका लागि तय गरिएका सबै मापदण्डहरू शत प्रतिशत पूरा गरेको छ। पतञ्जलि समूहले केहीदिन अघि 'कोरोनिल ट्याब्लेट' र 'सवारी भाती' नामक दुई औषधि बनाएर त्यसको प्रचार सुरू गरेको थियो । त्यसलाई कोरोना भाइरस रोगको उपयुक्त आयुर्वेदिक उपचार हो भन्ने दाबी गरेको छ ।