विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ) ले विगत २४ घण्टामा कोरोना भाइरस संक्रमितकाे संख्या अहिलेसम्मकै सर्वाधिक वृद्धि भएको जनाएको छ।
उसका अनुसार एक दिनमा विश्वभर एक लाख ८३ हजार सङ्क्रमित थपिएका छन्।
कोरोनाभाइरसबाट धेरै मृत्यु हुने देशहरूमध्ये ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ जहाँ ५० हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् ।
त्यहा सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या दश लाखभन्दा बढी देखिएको छ।तर विज्ञहरू पर्याप्त परीक्षण नगरिएका कारण र सङ्क्रमण उच्च बिन्दुमा पुग्न बाँकी रहेकाले वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने बताउँछन्।
अमेरिका सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको देशको रूपमा कायमैछ ।अमेरिकामा २० लाख जति सङ्क्रमित छन्।