अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक लाख नाघेको छ।
अमेरिकामा नयाँ सङ्क्रमणका घटना देखिने दर कम भइरहँदा र राज्यहरूले लकडाउनका उपायहरू खुकुलो बनाइरहँदा पछिल्लो सङ्ख्या सार्वजनिक भएको हो।
अमेरिकामा २१ ज्यानुअरीमा पहिलोपटक वासिङ्टन राज्यमा देखिएको यस भाइरसको विश्वभरि रहेका सङ्क्रमितमध्ये झण्डै ३० प्रतिशतले बढी हाे ।
अमेरिकामा कोरोनाभाइरसको पहिलो सङ्क्रमण पाइएको दुई दिनपछि राष्ट्रपति डोनल्ड ट्रम्पले नागरिकहरूलाई सबै ठिक हुने भनेर आश्वास्त पारेका थिए।चार महिनाभित्रै हेर्ने हो भने भाइरस सबै ५० राज्यमा फैलिएन मात्र सङ्क्रमण र मृत्युको सङ्ख्यामा विश्वमै पहिलो नम्बरमा आएको थियो।