कतारमा हत्या अभियोग खेपिरहेका महोत्तरी औराही १ का अनिल चौधरीलाई त्यहाँको सरकारले गोली हानी मृत्युदण्ड दिइएकाे छ ।तल्लो अदालतको फैसलालाई कतारको सर्वोच्च अदालतले अनुमोदन गरेपछि चौधरीलाई मृत्युदण्ड दिएको हो ।
सन् २०१७ अप्रिल पहिलो साता पक्राउ परेका चौधरीलाई बचाउन नेपाली दुतावासले प्रयास गरिरहेको थियो ।
कतारले पहिलो पटक कुनै नेपालीलाई मृत्युदण्ड दिएको याे पहिलाे पटक हो ।चौधरीमाथि कतारी नागरिक उमैर मोहम्मद अल रमाजानी अल नुयमीको खुकुरी प्रहार गरी हत्या आरोप लागेको थियो ।
अदालती बयानका क्रममा चौधरीले आत्मसुरक्षाका लागि प्रतिकार गर्दा कतारी नागरिकको मृत्यु भएको बताएका थिए।चौधरी सन् २०१५ अगष्ट २७ तारिखमा कतार गएका थिए ।