कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो समय छिमेकी भारतमा ज्यान गुमाउनेको संख्या बढ्दो छ।
एकसाताअघि सम्म मृत्युदर न्यून रहेको भारतमा पछिल्लो २४ घण्टामा मात्रै ४३ जनाको ज्यान गएको छ।
यो सँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३३१ पुगेको छ। भारतमा संक्रमितको संख्या ९ हजार नाघिसकेको छ। जहाँ पछिल्लो २४ घण्टामा ७५९ जना केस थपिएका छन्।
भारतमा संक्रमणको दर ६ दिनमा दुई गुणा बढेको छ। ६ दिन अघिसम्म संक्रमितको संख्या ४ हजार ७०० मात्र रहेकाे नवभारत टाइम्सकाे समाचारमा उल्लेख छ।
कारोनाबाट सबैभन्दा बढी महाराष्ट प्रभाबित भएको छ। यहाँ २२ जनाले ज्यान गुमाएका छन् भने राजधानी नयाँदिल्लीमा ५ जनाको मृत्यु भइसकेको छ।