कोरोना भाइरसको संक्रमणपछि साउदी अरेबियाले मुलुकभर लगाएको कर्फ्यु अनिश्चितकालसम्मका लागि बढाउने निर्णय गरेको छ।
अन्तर्राष्टिय संचार माध्यमहरुले जनाए अनुसार कोरोना भाइरस नियन्त्रणका लागि सरकारले अर्को सूचना जारी नभएसम्म कर्फ्यु जारी राख्ने निर्णय गरेको हो।
साउदीका राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले गत मार्च २३ देखि मुलुकभर लगाइएको २१ दिने कर्फ्यु बढाउन निर्देशन दिएका हुन्।
शनिबार साउदीको आन्तरिक मन्त्रालयले यसअघि लागू गरिएको सबै नियम अर्को सूचना नआउँदासम्म जारी रहने तथा मुलुकका १३ वटै प्रान्तको आवतजावतमा रोक लगाइने बताएको छ।
कोरोनाका कारण अहिलेसम्म साउदी अरेबियामा चार हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने ५२ जनाको मृत्यु भएको छ।