अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार नजिक पुगेको छ। बुधबार बिहानसम्म मृत्यु हुनेको संख्या ३ हजार ८८९ पुगेको छ।
पछिल्लो समय मृत्युदर बढेको अमेरिकामा संक्रमितको संख्या १ लाख ८८ जहार ४३० पुगेको छ।
तीब्र रुपमा बिस्तार भएको कोरोना भाइरसका कारण अमेरिकामा मात्रै कम्तिमा १ लाख मानिसको ज्यान जानसक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन्।
ह्वाइट हाउसमा भएको कोरोनाभाइरस टास्क फोर्सको मंगलबारको ब्रिफिङ्गमा ट्रम्पले अबको दुई हप्ता निकै जोखिमपूर्ण र कठिन हुने भन्दै सबै अमेरिकीलाई अनिवार्य रुपमा सामाजिक दूरी कायम गर्न अपिल गरेका छन्।
यसअघि उनले कोरोना भाइरस मात्रै फ्लू रहेको भन्दै केही दिनअघिसम्म अमेरिकी जनजीवन सामान्य अवस्थामा चाँडै फर्किने बताएका थिए। ट्रम्पले भनेका छन्, ‘अबको दुई हप्ता अति पीडादायी हुनेछ ।’