विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ९१३ जनाको मृत्यु भएसँगै स्पेनमा ज्यान गुमाउनेको संख्या ७ हजार ७१६ पुगेको छ।
इटालीपछि कोरोना भाइरसबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुने देश स्पेन भएको छ।
स्पेनमा पछिल्लो २४ घण्टा थप सात हजार ८४६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८७ हजार ९५६ पुगेको छ। सबैभन्दा धेरै संक्रमित हुने देशको सूचिमा स्पेन तेस्रो नम्बरमा छ।