कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकैदिन ६२७ जनाको मृत्यु भएको छ।
योसँगै इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ। हालसम्म इटालीमा संक्रमितको संख्या ४७ हजार २१ पुगिसकेको छ।
इटालीमा कोरनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेमा अधिकाशं प्रौढ समूहका छन्। नेशनल हेल्थ इन्स्टियूटका अनुसार ज्यान गुमाउनेहरूमा ४१ प्रतिशत ८० ८९ उमेर समूहका रहेका छन् भने ३५ प्रतिशत ७० ७९ उमेर समूहबाट छन्।