न्युजिल्याण्डको ह्वाइट आइल्याण्डमा ज्वालामुखी बिस्फोट हुँदा कम्तीमा पनि १ सय जना हराइरहेका छन्। बिस्फोटका बेला त्यहाँ रहेका पर्यटक हराएका हुन्।
न्युजिल्याण्डका प्रधानमन्त्री ज्याकिन्डा अर्डेनेले ज्वालामुखी बिस्फोटमा कति मानिस फसेका छन् भन्नेबारेमा यकिन जानकारी आइनसकेको बताएकी छन्। स्थानीय सहरका मेयरका अनुसार यस घटनामा कैयौं मानिस घाइते भएको आशंका गरिएको छ। यो टापु न्युजिल्याण्डको उत्तरी भेगमा अवस्थित टापु हो, यहाँ सक्रिय ज्वालामुखी छन्।