सुडानको राजधानी खार्तुमको एक सेरामिक कारखानामा भएको सिलिन्डर विस्फोटमा २३ जनाको मृत्यु भएको छ।
बिस्फोटमा परि कम्तिमा १ सय ३० जना घाईते भएका छन। कारखानमा ६० जना भारतीय श्रमिक कार्यरत थिए। मृत्यु हुने अधिकांश भारतीय नागरिक भएको आशंका गरिएको छ।
भारतीय विदेशमन्त्री एस जयशंकरले केही भारतीय श्रमिको मृत्यु भएको पुष्टिगर्दै संख्या यकिन हुन नसकेको बताएका छन। घाइतेहरुको खार्तुमका विभिन्न अस्पतालमा उपचार भैरहेको छ। बिस्फोटको कारण खुलेको छैन।।