श्रीलंकाका राष्ट्रपति गोताभाया राजापाक्षेले आफ्ना दाजु पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका छन्। राष्ट्रपति निर्वाचनसँगै प्रधानमन्त्री रनिल विक्रमसिंघेले राजिनामा दिएपछि राष्ट्रपति गोताभायाले दाजुलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन।
नवनियुक्त प्रधानमन्त्रीले संसदीय निर्वाचन नहुँदासम्म जिम्मेवारी सम्हाल्नेछन्। श्रीलंकामा आगामी जनवरीमा संसदीय निर्वाचन हुन लागेको छ। महिन्दा राजापाक्षे सन् २००५ देखि २०१५ सम्म श्रीलंकाको राष्ट्रपति बनेका थिए।
श्रीलंकामा दुई दशक भन्दा लामो समय चलेको गृहयुद्ध अन्त्यका लागि राजापाक्षे दाजुभाईको भूमिका महत्वपूर्ण मानिन्छ।।