उत्तरी सिरियामा कार बम बिस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ।
उत्तरी शहर तल अब्यादमा भएको बिस्फोटमा बीस भन्दा बढी घाइते भएका छन। मृत्यु हुनेमा टर्की समर्थिक लडाकु र सर्वसाधारणहरु रहेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
विस्फोटको जिम्मेबारी अहिलेसम्म कुनै समूहले लिएको छैन। तर टर्कीले भने विस्फोटमा ‘पिपुल्स प्रोटेक्सन युनिट्स’को सग्लनता रहेको दावी गरेको छ। अमेरिकी सेना फिर्ता भए लगत्तै उत्तरी सिरियामा टर्कीले आक्रमण गर्दै आएको छ।
सो स्थानमा टर्की र कुर्द बिद्रोहीबीच युद्ध हुँदै आएको छ। आफ्नो सीमा नजिकैको क्षेत्रमा सिरियाका शरणार्थीलाई राख्ने सुरक्षित स्थान बनाउने योजना टर्कीको छ।