पाकिस्तानको कराची–रावलपिंडी तेजग्राम एक्सप्रेस रेलमा बिस्फोट भएको छ । पञ्जाब प्रान्तको दक्षिणमा रहेको रहीम यार खान इलाकामा भएको विस्फोटमा परि कम्तिमा ६२ जनाको ज्यान गएको छ ।
रेलवे अधिकारीका अनुसार खाना पकाउनका लागि प्रयोग गरिएको सिलिन्डर ग्यास पड्किएको हो । घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन् । विस्फोटबाट रेलका २ वडा डिब्बा ध्वस्त भएका छन् । विजनेश क्लासमा आगलागी भएपछि कैयौं यात्री हामफालेर बाहिर निस्किएका थिए। घटनापछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दुःख व्यक्त गर्दै घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।