बेलायतमा ९६ वर्षपछि आम चुनाव हुने भएको छ । यसका लागि आउँदो १२ डिसेम्बरलाई आम चुनावको मिति तय गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री बोरिस जोनसनको निर्वाचन प्रस्ताव संसदको तल्लो सदन हाउस अफ कमन्सले बहुमतले पारित गरेसँगै डिसेम्बर १२ मा चुनाव हुने पक्का भएको हो । सन् १९२३ पछि बेलायतमा डिसेम्बर १२ मा गर्न लागिएको यो पहिलो चुनाव हो ।
यसअघि पनि तत्कालीन प्रधानमन्त्री जेरमी कोर्बिनले ३ पटकसम्म ल्याएको निर्वाचन प्रस्ताव संसदले अस्वीकृत गरिदिएको थियो ।
तल्लो सदनबाट पास भएको निर्वाचनसम्बन्धी विधेयक अब माथिल्लो सदन हाउस अफ लर्ड्सले पारित गर्यो भने कानुनको रुप लिनेछ ।