अस्ट्रेलियाको पत्रकारिताको इतिहासमा सोमबार एउटा अभूतपूर्व कदम चालिएको छ। सोमबार प्रकाशित हुने अधिकांश अखबारहरुले आफ्नो पहिलो पृष्ट कालो पोतेर छापेका छन्। मिडियालाई नियन्त्रण गर्ने गरी सरकारले कानुन ल्याएको भन्दै पत्रकारहरु आन्दोलित भएका हुन्।
गत वर्षको जुन महिनामा देशकै सबैभन्दा ठूलो मिडिया समूह अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) को मुख्यालय र एक पत्रकारको घरमा छापा मारिएको थियो। एउटा लिक भएको जानकारीमा आधारमा समाचारप्रकाशित गरेपछि छापा मारिएको भन्दै त्यसको विरोधमा पत्रकारहरु आन्दोलित भएका हुन्।
अखबारहरुको यो अभियानलाई कयौं रेडियो, टेलिभिजन तथा अनलाइनले समेत समर्थन जनाएका छन्। पछिल्लो २ दशकमै अहिले ल्याइएको कडा कानुनले खोजी पत्रकारितालाई खतरा पुगेको पत्रकारहरुले भनाइ छ।
सोमबार अखबारहरूले आफ्नो प्रथम पृष्टमा कालो पोत्दै एकापट्टि ‘सिक्रेट’ शब्दसहितको छाप प्रकाशित गरिएको छ। राष्ट्रिय सुरक्षा कानुनका कारण रिपोर्टिङमा अंकुश लगाइएको र देशमा गोपनीयता एक संस्कृति बनेको अखबारहरुले भनाइ छ।
सरकारले भने आफूले प्रेस स्वतन्त्रताको समर्थन गरे पनि कानुनभन्दा माथि कोही नभएको जिकिर गरेको छ।