दक्षिण कोरियामा ‘नो ब्रा’ अभियान चलाउने पप गायिता सुली मृत अवस्थामा फेला परेकी छिन्। राजधानी सोलनजिकै आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन्।
सुलीले दक्षिण कोरियामा ब्रा लगाउने या नलगाउने कुरा महिलाको निजी मामिला एवम् स्वतन्त्रताको कुरा हो भन्ने सन्देश फैलाएकी थिइन्। उनले आत्महत्या गरेको अनुमान गरिएको छ।
म्यानेजरले घरको दोस्रो तलामा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा सुसाइड नोट भने फेला परेको छैन।