अपराधिक समूहको आक्रमणमा परेर मेक्सिकोमा चौध जना प्रहरीको मृत्यु भएको छ।
आक्रमणमा थप तीन जना घाइते भएका छन्। मिचोआकान राज्यको एल अग्वाखे भन्ने स्थानमा प्रहरी चढेको गाडीलाई एम्बुसमा पारेर अपराधिक समूहले उनीहरुमाथि गोली प्रहार गरेको हो।
आक्रमणमा मेक्सिकोको अपराधिक समूह एलिस्को नुइभाको सग्लनताको अनुमान गरिएको छ। आक्रमणमा सग्लनको खोजी भैरहेको मेक्सिकोको प्रहरीले जनाएको छ।
आक्रमण भएको क्षेत्र लागुऔषध उत्पादक तथा तस्करको बाहुल्यता रहेको क्षेत्र हो। सो स्थानमा समय समयमा सुरक्षाकर्मी र तस्करविच भिडन्त हुने गरेको छ।
मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले पछिल्लो समय लागुऔषध सम्वन्धी अपराध नियन्त्रणका लागि पहल गरिरहेका छन्।