भारत मध्य प्रदेशको रिवामा रहेको महात्मा गान्धीको अस्थि अवशेष चोरी भएको छ । राज्यको प्रहरीले सो घटनाको पुष्टि गरेको छ । दुई दिनअघि (अक्टोबर २ का दिन) महात्मा गान्धीको १५०औं जयन्ती मनाइएको थियो । सोही दिन यो घटना भएको बीबीसीले उल्लेख गरेको छ ।
सन् १९४८ मा गान्धीको अस्थि अवशेषको एउटा हिस्सा रिवास्थित बापु भवनमा राखिएको थियो । यो मामिलामा अस्थि मात्रै चोरिएको होइन कि महात्मा गान्धीको शालिकमा पनि छेडछाड गरेको पाइएको छ । उनको तस्बिरमा हरियो रंगले ‘राष्ट्रद्रोही’ लेखिएको छ । प्रहरीले घटनाबारे छानबिन भइरहेको जनाएको छ ।
रिवास्थित बापु भवन हेरचाह गर्ने मंगलदीपले यो घटनालाई लज्जास्पद बताएका छन् । यो घटनापछि कंग्रेसका स्थानीय नेता गुरमित सिंहले प्रहरीमा जाहेरी दर्ता गराएका छन् । महात्मा गान्धीले भारतलाई बेलायती उपनिवेशबाट मुक्त गर्न अहम् भूमिका निभाएका थिए । उनले आफ्नो सत्याग्रह तथा अहिंसक आन्दोलनका माध्यमबाट पूरै विश्वमा ख्याति प्राप्त गरेका छन् ।
मृत्युपछि महात्मा गान्धीको असुथिलाई नदीमा विसर्जन गरिएको थिएन । अस्थिहरु अलग-अलग क्षेत्रमा बाँडेर भारतमा बनेका विभिन्न संग्रहालयमा राखिएको थियो । यसैमध्येको रिवामा रहेको बापु भवनको पनि एक हो । -बीबीसी