अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०१६को निर्वाचनका बेला मेक्सिकोको सीमामा पर्खाल लगाउने घोषणा गरेका थिए। ट्रम्पले त्यतिबेला कस्तो पर्खाल लगाउन चाहेका थिए भन्ने कुरा अहिले सार्वजनिक भएको छ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पले करेन्ट तथा काँडेतारसहितको पर्खाल लगाउने अवधारणा ल्याएका थिए, जसमा वरिपरी पोखरी बनाउने र त्यहाँ गोही लगाएतका विषालु जलचर राखिने बताएका थिए।
अमेरिकी पत्रिका न्यूयोर्क टाइम्समा प्रकाशित समाचारअनुसार गत मार्चमा ह्वाइट हाउसमा भएको छलफलमा राष्ट्रपति ट्रम्पले रिसाउँदै मेक्सिकोको सीमामा पर्खाल लगाउन आग्रह गरेका थिए।
सोही बैठकमा उनले मेक्सिकोबाट घुसपैठ गर्नेलाई घुँडामा गोली हान्न निर्देशन दिएका थिए । तर उनको निर्देशन कार्यान्वयनमा आएन।
क्सिकोबाट अमेरिकामा धेरै संख्यामा शरणार्थी आउने भएकाले उनीहरुलाई रोक्न पर्खाल लगाउन लागिएको हो । ट्रम्पले भनेजस्तो गोहीलगायत विषालु सर्प छाड्ने योजनाभन्दा पनि अहिले २२ किलोमिटर लामो स्टीलको पर्खाल लगाउन लागिएको छ ।
अमेरिका र मेक्सिकोको सीमा ३ हजार ६सय किलोमिटर लामो छ, जुन प्रशान्त महासागरसम्म फैलिएको छ ।