अस्ट्रियामा आइतबार भएको आमनिर्वाचनमा पूर्व चान्सलर सेबास्टियन कुर्जको कन्जरभेटिभ दल पिपुल्स पार्टीले स्पष्ट जीत हासिल गरेको छ।
पछिल्लो पटक सार्वजनिक गरिएको चुनावी परिणामअनुसार कुर्जका दलले ३८ प्रतिशत मत जितेको छ। सो दलले यसअघिको निर्वाचनमा ३१ प्रतिशत मत प्राप्त गरेको थियो। सो दलको पूर्व सत्ता साझेदार घोर दक्षिणपन्थी दल फ्रिडम पार्टीको भने मत निकै घटेको छ।
सो दलले १७ दशमलव ३ प्रतिशत मत प्राप्त गरेको छ। यसअघिको सरकार विवाद परेपछि निर्धारित समय भन्दा अघि नै अस्ट्रेलियामा चुनाव भएको हो। पिपुल्स पार्टीले अस्ट्रियाका नौ मध्य आठ वटा राज्यमा जीत हासिल गरेको छ। भियानामा भने सोसल डेमोक्र्याटले चुनाव जितेको छ।
चुनावमा राम्रो प्रदर्शन गरेपनि संसदमा पिपुल्स पार्टीले स्पष्ट बहुमत भने छैन। त्यसैले सरकार बनाउनका लागि कुर्जले साझेदार खोज्नु पर्ने छ। चुनावमा सोसल डेमोक्र्याटले २१ दशमलव ५, ग्रिन पार्टीले १२ दशमलव ४ र निओ पार्टीले ७ दशमलव ४ प्रतिशत मत प्राप्त गरेको छ।