भारतीय कांग्रेसले मुख्यालय सार्ने भएको छ। अहिले नयाँदिल्लीको २४ अकबर रोडमा रहेको मुख्यालय दिल्लीकै ९ कोटला रोडमा सार्न लागिएको हो। नयाँ मुख्यालय स्थापना दिवसको अबसरमा सार्ने गरि तयारी गरिएको छ।
भारतीय कांग्रेसले २८ सेप्टेम्बरमा स्थापना दिवस मनाउँदै आएको छ। नयाँ मुख्यालयकाे केहिदिनमा अन्तरिम अध्यक्ष सोनिया गान्धीले उद्घाटन गर्ने तयारी गरिएको छ। कांग्रेसले बनाएकाे मुख्यालयको नाम इन्दिरा गान्धी भवन राखिएको छ।
नयाँ मुख्यालय रहने स्थानमा ६ वटा भवन बनेका छन्। जुन दीन दयाल उपाध्याय रोडमा रहेको भाजपाको मुख्यालय नजिकै पनि हो।
यसअघि दिल्लीका विभिन्न भागका कांग्रेसका कार्यालयहरु रहेकाले उनीहरु सवैलाई एकै ठाउँमा राख्ने तयारी पनि गरिएको छ।
२४ अकबर रोडमा कांग्रेसको मुख्यालयका साथै २६ अकबर रोडमा कांग्रेसको इकाई सेवा दल, ५ रायसीना रोडमा युवा कांग्रेस एनएसयूको कार्यालय रहेको थियो।
अहिले कार्यालय रहेको स्थान कांग्रेसले सन् १९७६ देखि प्रयोग गर्दै आएको थियो। तर २०१५ मा सरकारले कार्यालय सञ्चालन सम्झौता रद्द गरेपछि भवन खालि गर्न सूचना जारी गरेको थियो। त्यसपछि भारतीय कांग्रेसले नयाँ भवन बनाउन शुरु गरेको हो।