हङकङमा आन्दोलन सुरु भएको सय दिन पुगेको छ । चीनको आग्रहमा त्यहाँको संसदमा सुपुर्दगीसम्बन्धी विधेयक ल्याइएको भन्ने आरोप लगाउँदै गएको जुनमा प्रदर्शन सुरु भएको थियो । सुरुमा विधेयक फिर्ता लिइएको थियो । आन्दोलन चर्किंदै गएपछि खारेजै गरिएको थियो । यद्यपि हङकङको असन्तुष्टि अझै मत्थर भएको छैन ।
आन्दोलनकारीले हङकङका प्रमुख कार्यकारी अधिकृत केरी लेमको राजीनामा मागेकोका छन् । अझ पछिल्लोपटक त विमानस्थलमा पनि अवरोध गरिएको बीबीसीले उल्लेख गरेको छ ।
त्यसक्रममा केही हिंस्रक घटना पनि भए । अहिले हङकङको आन्दोलनलाई प्रजातन्त्रको पक्षको आन्दोलन भन्नुका साथै चीन र अमेरिकाबीच पनि यो प्रकरणलाई लिएर वाकयुद्धको अवस्था देखिएको छ । हङकङका बासिन्दाले हालै अमेरिकालाई हस्तक्षेप गर्न माग गर्दै अमेरिकाको झण्डासहितको प्रदर्शन समेत गरेका थिए । -बीबीसी