भारतमा एक ७३ वर्षीया वृद्धाले बच्चा जन्माएर नयाँ रेकर्ड कायम गरेकी छन् ।आंध्र प्रदेशकाे गून्टुर जिल्लाका ति वृद्धाले एउटा हाे र त्याे पनि जुम्ल्याहा बच्चा जन्माएकी हुन् ।येरामति मंगायम्मा नाम गरेकी ति वृद्धाले बुधबार विहान साढे १० बजे बच्चा जन्माएकी हुन् ।
चिकित्सकले उनकाे अपरेशन गरेर बच्चा निकालिएकाे थियाे । आमा र बच्चा दुबैकाे स्वास्थ्य अवस्था राम्राे रहेकाे उमा शंकरले बताए । यद्पी ति बच्चा २१ दिन चिकित्सककाे निगरानीमा रहने छन् ।
बुढेसकालमा र त्याे पनि जुम्ल्याहा बच्चा जन्माउने उनी नै विश्वमा पहिलाे व्यक्ति भएकाे भारतीय संचारमाध्यमहरूले जनाएका छन् । यसअघि स्पेनका ६६ वर्षकी वृद्धाले सन् २००६ माजुम्ल्याहा बच्चा जन्माएकी थिइन् ।