आजदेखि गणेश चतुर्थीको महापर्व सुरु भएको छ । नेपाल, भारतलगायत हिन्दु धर्म मान्ने मुलुकभर गणपति (गणेश) को धुमधाम स्वागत गरिन्छ ।
आज हामी एक यस्तो मुलुकबारे जानकारी गराउँदै छौं जुन यसअघि तपाईंलाई थाहा नभएको हुनसक्छ । विश्वमा मुस्लिम बाहुल्यता रहेको एउटा यस्तो मुलुक छ जहाँको मुद्रा (नोट) मा गणेशको तस्बिर छापिन्छ ।
सबैभन्दा ठूलो मुस्लिम मुलुकको नोटमा गणेशको तस्बिर
इन्डोनेसियाको मुद्रालाई रूपियाह भनिन्छ । यहाँको २० हजार दरको नोटमा भगवान गणेशको तस्बिर छापिएको छ । वास्तवमा भगवान् गणेशलाई यो मुस्लिम मुलुक (इन्डोनेसिया) मा शिक्षा, कला तथा विज्ञानको देवताका रुपमा मान्ने गरिन्छ । यहाँको महत्त्वपूर्ण कुरा भने कुल जनसंख्यामध्ये करिब ८७ दशमलव ५ प्रतिशतले इस्लाम धर्म मान्छन् भने ३ प्रतिशत जनसंख्याले मात्र हिन्दु धर्म मान्छन् ।
नोटमा गणपतिको तस्बिर राखिनुको रहस्य
इन्डोनेसियाको यो २० हजार रुपियाहको नोटको अग्रभागमा भगवान गणेशको तस्बिर छ भने पछिल्लो भागमा विद्यालयको कक्षाकोठको तस्बिर छापिएको छ । जहाँ एक शिक्षक छन् भने अरु विद्यार्थी पढिरहेका छन् ।
नोटमा भगवान गणेशको तस्बिर छाप्नुका कारण
खासमा केही वर्षपहिला इन्डोनेसियाको अर्थ व्यवस्था निकै नाजुक भएको थियो । यसपछि त्यहाँ २० हजारको नयाँ नोट जारी गरियो । जसमा भगवान गणेशको तस्बिरसमेत छापियो । यसरी गणेश भगवानको तस्बिर छाप्नुलाई आर्थिक मन्दीको विषय मानिएको थियो । नोटमा भगवान गणपतिको तस्बिर छापिएसँगै यहाँको अर्थ व्यवस्था बलियो हुँदै गयो । र मुलुकले पनि अर्थ व्यवस्थामा ठूलै फड्को मार्न सफल भयो । यसपछि इन्डोनेसियाले आफ्नो नोटमा भगवान् गणेशको तस्बिर छाप्न छुटाउँदैन । -अमर उजालाबाट