राहुल गान्धी विपक्षी नेताहरुसहितको एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रशासित काश्मीर प्रस्थान गरेका छन् । उनी पार्टीको प्रतिनिधित्व गर्दै शनिबार त्यसतर्फ प्रस्थान गरेको बीबीसीले जनाएको छ ।
जम्मू काश्मीरले विपक्षी नेताहरुलाई नआउन सल्लाह दिएको छ । त्यहाँको प्रशासनले पनि ट्विटमार्फत नेताहरुलाई यहाँ असुविधा हुने भएकाले नआउन सल्लाह दिएको थियो ।
यद्यपि विपक्षी नेताहरुले भने अहिलेसम्म आधिकारिक रुपमा आफूहरुसमक्ष यस्तो सल्लाह नआएको जनाउँदै आएका थिए । बीजेपी नेता तथा केन्द्रीय मन्त्री मुख़्तार अब्बास नक़वीले यसलाई 'राजनीतिक पर्यटन' को संज्ञा दिएका छन् ।
श्रीनगर जाने अन्य नेताहरुमा कांग्रेस वरिष्ठ नेता गुलाम नबी आजाद, आनन्द शर्मा, केसी वेणुगोपाल, सीपीएम महासचिव सीताराम येचुरी, डीएमके नेता तिरुची शिवा, शरद यादव, टीएमसीका दिनेश त्रिवेदी, एनसीपी नेता माजिद मेमन, सीपीआई महासचिव डी राज़ा आदि छन् ।
गुलाम नबी आजादले श्रीनगर प्रस्थान हुनुअघि पत्रकारहरुसँग भनेका छन्, 'यदि त्यहाँको अवस्था समान्य छ भने विपक्षी नेताहरुलाई त्यहाँ जान किन रोक लगाइएको छ ? दुई पूर्वमुख्यमन्त्रीलाई उनीहरुकै घरमा नजरबन्द गरी राखिएको छ ?' उनले अगाडि भनेका छन्, 'त्यहाँ मेरो घर छ, अनि म त्यहाँ जान पाइरहेको छैन । -बीबीसी