भारतका पूर्व वित्तमन्त्री अरुण जेट्लीको निधन भएको छ।
६६ वर्षीय जेट्लीको उपचारका क्रममा नयाँ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो। उनी केही समयदेखि एम्सको आईसीयूमा भर्ना थिए। जेट्लीको आज मध्यान्ह १२ बजेर ७ मिनेटमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
नरेन्द्र मोदीको पहिलो मन्त्रीमण्डलमा वित्त मन्त्री भएका बेला विरामी परेपछि अधिकांश समय पियूष गोयलले उनको कार्यभार सम्हालेका थिए।
विरामी भएकै कारण यस पटकको निर्वाचनमा उम्मेदवार नबनेका जेट्लीलाई मोदीले फेरि मन्त्री बनाउन चाहे पनि उनले नै अस्वीकार गरेका थिए।