भारतीय कंग्रेसका नेता राहुल गान्धी लगाएतका नेताहरुलाई काश्मीर भ्रमण नगर्न निर्देशन दिइएको छ। उनीहरु आज श्रीनगर जाने तयारी गरका थिए।
भारतीय संविधानको अनुच्छेद ३७० खारेज गर्दै केन्द्र प्रशासित काश्मीर बनाइए पछि पहिलो पटक भारतीय कंग्रेसका नेताहरु त्यहाँ जान लागेका थिए। कंग्रेस नेताहरुलाई जम्मू काश्मीरको भ्रमण नगर्न त्यहाँको प्रशासनले आग्रह गरेको हो। उसले शान्ति व्यवस्थामा खलल नपार्न पनि आग्रह गरेको छ।
कंग्रेस स्रोतका अनुसार आज राहुलका साथै गलाम नबी आजाद, आनन्द शर्मा, भारतीय कम्युनिष्ट पार्टी माक्सवादीका सिताराम येचुरी, भाकपाका केडी राजा लगाएतका नेताहरु जाने तय भएको थियो।
अनुच्छेद ३७० खारेज भएपछि कोही पनि नेताहरुलाई भ्रमणको अनुमति दिइएको छैन्। अहिले पनि काश्मीरका पूर्व मुख्यमन्त्री फारुक अब्दुल्ला, उमर अब्दुल्ला र महबूबा मुफ्ती समेत क्षेत्रीय दलका नेताहरु नजरबन्दमा रहेका छन्। कंग्रेस नेता गुलाम नबी आजाद दुई पटक श्रीनगर र जम्मू एयरपोर्टबाट फिर्ता भएका थिए भने डी राजा पनि श्रीनगर एयरपोर्टबाट फिर्ता भएका थिए।
जम्मू काश्मीरको प्रशासनले गएराति बयान जारी गर्दै नेताहरु श्रीनगर आउँदा जनतालाई झनै असर पर्ने जनाएको छ। नेताहरुले भ्रमणका क्रममा प्रतिबन्धीत एरियामामा जाने र यसले शान्ति व्यवस्थामा खलल पुग्ने प्रशासनको निष्कर्ष रहेको छ।