भारतको मध्य प्रदेशका पूर्व मुख्यमन्त्री तथा भाजपाका नेता बाबुलाल गौरको निधन भएको छ। उनको आज विहान भोपालमा रहेको नर्मदा अस्पतालमा निधन भएको हो। ८९ वर्षीय बाबुलालको मंगलबार स्वास्थ्य झनै विग्रिएको थियो।
ब्लड प्रेसर कम भएको थियो भने पल्स रेट पनि कम थियो। उनको किड्नीले काम गरेको थिएन्। १४ दिनदेखि नर्मदा अस्पतालको भेन्टिलेटरमा रहेका उनको आज विहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।